निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

तु खबर संवाददाता
२०८२ असार १७, मंगलवार ०७:२०

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमद्वारा जारी गरिएको विज्ञप्ती अनुसार, पेट्रोलियम पदार्थमा भारी मुल्य वृद्धि भएको हो । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको आयल निगमले जानकारी दिएको छ । एपी ग्यासको खुद्रा मुल्य वृद्धि भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।