रोपाईंमा सहभागी राष्ट्रपति पौडेल

काठमाडौं । असार १५ धान दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् ।
राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् ।
रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।