हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९० करोड रुपैयाँको बजेट

हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गरिएको बजेट प्रस्तुत गरेका हुन् ।
भवन निर्माण इजाजत प्रकृया छिटो छरितो टंगबाट संचालन गर्नका लागि अनलाइन नक्सा इजाजत प्रणाली संचालनमा ल्याइने भएको छ । आज प्रस्तुत नीति तथा कार्यक्रम अनुसार, हेटौँडामा निर्माणाधीन बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण कार्यमा रहेको ढिलाई र अन्यौलता कानून सम्मत निकास निकाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क र अभिलेख अध्यावधिक गर्ने, किसान सूचिकरणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, बेरोजगारहरुको तथ्यांक संकलन गरी रोजगार बैंक स्थापना गर्ने, महिला लक्षित उद्यमशीलता प्रवद्र्धनका लागि उद्योग दर्तामा लाग्ने दस्तुरमा छुट दिने, नगरभित्रका सहकारीको कारोबारको प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित गर्ने, पर्यटन प्रवद्र्धनका लागि घुमौ हेटौंडा, चिनौँ हेटौंडा नारासहित सिटी टुरको आयोजना गर्ने, दक्षिण एसियाको पहिलो सुरुङ चुरियामाई सुरुङको प्रवद्र्धन गर्ने, तामाङ र नेवा भाषाको विकास गर्न विद्यालयतहमा पठनपाठनको व्यवस्था मिलाउनेजस्त नीति लिने भएको छ ।
हेर्नुहोस् नीति तथा कार्यक्रम