बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन आयोग नबनेसम्म नमान्ने

काठमाडौं । बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन आयोग नबनेसम्म नमान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ । त्यतिबेलासम्म सदन बहिस्कार जारी राख्ने रास्वपाको घोषणा छ ।
रास्वपाले छानबिन आयोग ऐन २०२६ बमोजिम आयोग गठन हुनुपर्ने माग राखेको छ । राप्रपा सांसद स्वर्णिम वाग्लेले दलको तर्फबाट प्रतिनिधिसभामा बोल्दै सरकारले बनाएको समिति अस्वीकार गर्ने समेत बताए ।
सरकारले सोमबार पूर्वमुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा गठन भएको ७ सदस्यीय समिति गठन गरेको थियो ।
सरकारले गठन गरेको यस्तो समिति नमान्ने समेत वाग्ले जानकारी गराए ।