बागमती गाउँपालिकाद्वारा ८३ करोडबढीको बजेट सार्वजनिक

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करीव ८३ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँको बजेट ल्याएको छ । शनिबार दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम र उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिनाले आगामी बर्षको बजेट प्रस्तुत गरेका छन् ।
चालु आर्थिक वर्षको निम्ति करीव ७१ करोड रुपैयाँको बजेट बिनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्ष सो भन्दा बढी बजेट प्रस्तुत गरिएको हो ।
सामाजिक क्षेत्रको विकासका लागि आधा बढी रकम बिनियोजन गरिएको छ ।