दुई घटनामा तीन जनाको मृत्यु

तु खबर संवाददाता
२०८२ असार ९, सोमबार १९:३६

काठमाडौं । सर्लाही, बरहथवा नगरपालिका –३ बस्ने ६० वर्षीय उपेन्द्र महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-४ मुना चोक बस्ने राजेन्द्र साहको घरबाट बोरिङको लागि विद्युतको तार निकाल्ने क्रममा तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो ।
सिराहा, गोलबजार नगरपालिका-१३ दुर्गापुर टोल बस्ने ६२ वर्षीय रामपृत पंडितको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-१२ बेतौनाको चौरस्थित आफ्नै खेतबारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यस्तै, मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार बिहान मृत्यु भएको छ ।  सोही ठाउँस्थित खेतमा पानी लगाउन गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।