सुन तस्करी प्रकरणमा रिहा लगत्तै पक्राउ परिन् अमला रोका

काठमाडौं । सुन तस्करी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै अमला रोकालाई प्रहरीले पक्राउ गरिएको छ ।
काठमाडौं जिल्ला अदालतले ६१ किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटीमा रिहा गरेलगत्तै रोकालाई पक्राउ गरिएको हो । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गरेको हो । सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनको खोजीको लागि प्रहरीले उनको खोजी कार्यका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।
सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।