एसईई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिने तयारी

तु खबर संवाददाता
२०८२ जेष्ठ ३१, शनिबार २१:२२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा ९एसईई० प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव विधयेकमा राखेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा मन्त्रालयले सो प्रस्ताव गरेको हो । परीक्षा प्रणाली र मूल्याकंन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको निश्कर्ष पनि मन्त्रालयको छ ।

कक्षा दशको अन्तिम परीक्षा एसईई प्रदेश स्तरमा हुने गरी व्यवस्था गर्न आवश्यक काम भइरहेको छ ।

समितिसँगको छलफलमा शिक्षा मन्त्री रघुजी पन्तले एसईई परीक्षा संचालनको जिम्मेवारी प्रदेश सरकारलाई दिन उचित हुने बताए । शिक्षा विकास इकाईले पनि सहयोग गर्छ, अब एसईई परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेशलाई दिऔँ, मन्त्री पन्तले भने ।