प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । यसका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भएको परराष्ट्र मन्त्रालयको भनाइ छ । मिति भने तय भएको छैन, तर आवश्यक तयारी थालिएको छ ।
भ्रमणका एजेण्डाका विषयमा छलफल थालिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले तयारी भइरहेको जानकारी दिए । भ्रमणको मिति तय भएपछि आवश्यक जानकारी दिइने परराष्ट्रले जनाएको छ ।
प्रधानमन्त्री ओली यही असार १५ गते स्पेन भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्रसंघको आयोजनामा हुने एफएफडी४ मा सहभागी हुने प्रधानमन्त्री त्यस तर्फ जान लागेका हुन् । स्पेनबाट फर्किएपछि भारत भ्रमणको मिति टुंगो लाग्ने छ ।



