विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई टाटा समूहले एक/एक करोड दिने

तु खबर संवाददाता
२०८२ जेष्ठ ३०, शुक्रबार ०८:४७

काठमाडौं । एयर इण्डियाको जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारलाई टाटा समूहले एक एक रोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । साथै दुर्घटनामा घाइते यात्रुको उपचारको सम्पूर्ण जिम्मेवारी लिने पनि टाटाले जनाएको छ ।

एयर इन्डिया, जुन टाटा समूह अन्तर्गतको विमानसेवा कम्पनी हो । एयर इन्डिया फ्लाइट- १७१ अहमदाबाद विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा कम्तीमा २४१ यात्रुको ज्यान गएको पुष्टि गरिएको छ।

दूर्घटनाका कारण अत्यन्त दुखी भएको जनाउँदै टाटाले पीडालाई शब्दमा व्यक्त गर्न नसक्ने सो समूहले जनाएको छ ।

हाम्रो समवेदना र प्रार्थना ती परिवारहरूसँग छ जसले आफ्ना प्रियजन गुमाएका छन्, साथै जो घाइते भएका छन्– टाटाले भनेको छ ।

टाटा समुहको स्वामित्वमा रहेको एयर इण्डिया पछि भारत सरकारले लिएको थियो । भारत सरकारले संचालन गर्न नसकेपछि २०२२ पछि पुनः यो एयर लाइन्स टाटाले आफ्नो स्वामित्वमा लिएर संचालन गरिरहेको छ । अत्यन्त सुरक्षित मानिएको यो जाहाज उडान भरेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो ।