आगामी वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

तु खबर संवाददाता
२०८२ जेष्ठ १५, बिहीबार १७:४६

काठमाडौं । उपप्रधान अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने सार्वजनिक गरेका छन् ।

संघीय संसद्को दुबै सदनमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उप्रधान एवम् अर्थमन्त्री पौडेलले बजेटको आकारबारे जानकारी गराएका हुन् ।

आज प्रस्तुत आगामी बर्षको बजेटमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भने बैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको बजेट मार्फत् पौडेलले जानकारी दिएका छन् ।