टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई बेच्ने घोषणा

तु खबर संवाददाता
२०८२ जेष्ठ १५, बिहीबार १७:१९

काठमाडौँ । नेपाल टेलिकमको ३० प्रतिशत सेयर निजी क्षेत्रलाई बिक्री गरिने भएको छ । आज संसद्को दुवै सदनको बैठकमा आर्थिक वर्ष बजेट २०८२ र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

अघिल्लो वर्ष पनि बजेटमा यस्तो व्यवस्था गरिएको थियो । तर, त्यो कार्यान्वयनमा आएन । आज सार्वजनिक बजेटमा पनि अर्थमन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल करिब ८ प्रतिशत सेयर मात्रै सर्वसाधारणको नाममा छ । अब यसलाई बढाएर ३० प्रतिशत पु्र्याइने घोषणा भएको छ ।