मिश्र र जबरालाई ४/४ वटा अभियोगमा मुद्धा दायर

तु खबर संवाददाता
२०८२ जेष्ठ ११, आईतवार १९:०६
तस्बिर : रबीन्द्र मिश्रको फेसबुक पेज ।

काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र सोही पार्टीका महामन्त्री धवलशम्शेर राणाविरुद्ध ४/४ वटा अभियोगमा मुद्दा दायर गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो ।

मिश्र र राणाविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

दूर्गा प्रसाईंलाई भने हत्या सम्बन्धि कसूरमा मुद्धा दायर गरिएको छ । उनलाई  ६ वटा अभियोगमा मुद्धा दायर गरिएको छ । प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।