रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

तु खबर संवाददाता
२०८२ जेष्ठ १०, शनिबार १०:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भर्चुअल माध्यमबाट गर्ने तयारी रास्वपाको छ । रास्वपाको आजै सचिवालय बैठक पनि बस्ने भएको छ ।

पार्टी सभापति एवम् पूर्वगृह तथा उपप्रधानमन्त्री रवी लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण सम्बन्धि निवेदनमाथि सुुनुवाइ गर्दै सर्वोच्चले गैरकानूनी थुना भन्न नमिल्ने भन्दै उच्च अदालतबाट लामिछानेलाई थुनामै राखी मुद्धाको पुर्पक्ष गर्ने आदेश सदर गरेपछि विकसित घटनाक्रमको समीक्षा गर्न बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेको रिट खारेज गरिदिएको थियो ।