सर्वोच्चद्वारा बीमा प्राधिकरण अध्यक्षको नियुक्ति सम्बन्धी सक्कल फाइल झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धीमन्त्रिपरिषद्को फाइल झिकाउन आदेश दिएको छ ।
सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो।
ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । । चैत २० गते प्रारम्भि सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा लिखित जवाफ पेश गर्न भनिएको थियो । अन्तरिम आदेश माथिको छलफलको लागि तोकिएको पेशी सरेको थियो ।
आजको बहसमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को पेश गरेको योग्यता सम्बन्धी फाइल झिकाउन आदेश दिएको छ।
यो आदेशपछि अब ओझाको नियुक्ति सम्बन्धी सक्कल फाइल अदालत पेस गर्नुपर्नेछ । त्यसपछि अर्को पेशीमा बहस हुनेछ ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गर्दा अनुभव नपुगेको व्यक्तिलाई नियुक्ति गरेपछि त्यस विरुद्ध सर्वोच्चमा मुद्धा परेको हो । ओझाको नियुक्ति वदर गर्न माग गर्दै परेको रिटमा अध्यक्षको हैसियतमा कामकाज समेत गर्न नदिन अन्तरिम आदेश समेत माग गरिएको थियो ।
अन्तरिम आदेश दिने कि नदिने भन्ने सन्दर्भमा पेशी तोकिएको भएपछि पटकपटक हेर्न नमिल्ने, हेर्न नभ्याइने हुँदै आएकोमा आज सोमबार सुनुवाई भएको हो ।