आज सोमबार सार्वजनिक बिदा

तु खबर संवाददाता
२०८१ चैत्र १८, सोमबार ०७:५३

काठमाडौँ । नेपाल सरकारले आज सोमबार नेपालभर सार्वजनिक विदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तीमा आज सोमबार विदा दिने उल्लेख छ ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचना अनुसार विदा दिइएको गृह मन्त्रालयको विज्ञप्तीमा जनाइएको छ ।