बाढीपहिरो पीडितलाई ५ लाख सहयोग

तु खबर संवाददाता
२०८१ मंसिर १९, बुधबार ०९:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग गरेको छ ।

अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उक्त रकमको हस्तान्तरण गरेको हो ।

सो क्रममा चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिए ।

नेपालमा पटक–पटक आउने विपत्पछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गरे ।