मकवानपुरको विभिन्न होटलबाट ७ बालश्रमिकको उद्दार

मकवानपुर । मकवानपुरको विभिन्न होटलबाट ८ बालश्रमिकको उद्दार गरिएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६, चिसापानीबाट एक बालिका र ६ बालक गरी ७ जनाको उद्दार गरिएको हो ।
उनीहरुको सिविन बाल हेल्पलाइन मकवानपुर र श्रम तथा रोजगार कार्यालय मकवानपुरको संयुक्त टोलीले उद्दार गरेको हो ।
मनहरी–४, सालघारीका १६ र दुई १५ वर्षीय बालक गरी ३ बालक, राक्सिराङ–२, भाड्डीका १४ वर्षीय बालक, कैलाश–७ कोथलीटारकी १४ वर्षीया बालिका, भीमफेदी–६, कीरभञ्याङका १३ र १४ वर्षीय बालकलाई उद्दार गरिएको हो ।
भीमफेदी गाउँपालिकामा रहेको लाली गुराँस खाजा घर, सफल होटल, हाम्रो भैरव होटल, कुमारी होटल, संगीता खाजा घर, ननिता होटलबाट श्रमिक बालबालिकाको उद्दार गरिएको हो ।
१० वटा होटलमा अनुगमन गर्दा ४ वटामा फेला परेको र दुई वटा होटललाई चेतावनीसहित ७ दिनभित्र श्रम तथा रोजगार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।