बालिका बलात्कार आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र १८, मंगलवार १८:४५
सांकेतिक तस्बिर

संखुवासभा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट मंगलबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।