साफ यु–२० च्याम्पियनसिपः भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा

तु खबर संवाददाता
२०८१ भाद्र १०, सोमबार १९:२२
file-photo

काठमाडौं । २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

सोमबारको खेलमा भारतलाई पेनाल्छी सुटआउटमा भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।

अ‍ेल लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको हो ।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले पराजित गरेको थियो ।

यससँगै बंगलादेशले उपाधिको लागि नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल आगामी बुधबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने जनाइएको छ । दुबै टिमले उपाधिको लागि सक्दो तयारी गरेका छन् ।