साफ यु–२० च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबारको खेलमा बंगलादेशलाई २–० ले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो ।
यसअघि समूह ‘ए’ को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।
मंगलबार नै बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
यससँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह ‘ए’ को विजेताको टुङ्गो लाग्नेछ ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको छ ।
