लागूऔषध खैरो हेरोइनसहित थापा पक्राउ

तु खबर संवाददाता
२०८१ भाद्र ५, बुधबार १०:१०

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित मंगलबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ ।

थापालाई लागूऔषध खैरो हेरोइन ९७ ग्राम ७ मिलिग्रामसहित प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

धरानदेखि काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५८८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।