स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ९, बुधबार १७:५४

तनहुँ । तनहुँको ब्याँस नगरपालिका–३, दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प ७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथे कानुनी प्रकृया अगाडि बढाएको छ ।