आज ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ श्रावण ७, सोमबार ०९:४५
file-photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस आज बनाइँदैछ । आज विविध कार्यक्रमको आयोजना गरी पष्पलाल स्मृति दिवस मनाइने भएको हो ।

उनको सम्झनामा आज नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिस्ट पार्टीहरूले आज विभिन्न कार्यक्रमको आयोजना गर्नेछन् ।

वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।