पूर्व राज्यमन्त्री रायको हत्या

तु खबर संवाददाता
२०८१ श्रावण ७, सोमबार ०९:१८

जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी रायको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार, अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी ८० वर्षीय रायको हत्या गरेको हो ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री बनेका थिए ।

उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।