कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ श्रावण ५, शनिबार ०९:१७
file-photo

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक भोलि साउन ६ गते आइतबार बस्ने गरी आह्वान गरिएको हो ।

बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको कार्यालयले जनाएको छ ।

उक्त बैठकमा सरकार, संसद् र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।