५ एसपीको काज सरुवा

तु खबर संवाददाता
२०८१ श्रावण ५, शनिबार ०९:१२
file-photo

काठमाडौं । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले पाँच जना प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरेको छ । उनीहरूलाई आवश्यकता अनुसार काज सरुवा गरिएको हो ।

जसअनुसार, जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा भएका छन् ।

यसैगरी, उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगी उदयपुरमा सरुवा भएका छन् ।