डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २, बुधबार १७:४९
सांकेतिक तस्बिर

बाँके । बाँकेबाट डिएसपी हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैन सिंह विक रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफु सिआइबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डिएसपी हुँ भनी अनुगमनको सिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटी कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।