कुकुरलाई कुटेको निहुँमा बुवाको हत्या, छोरा पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण २, बुधबार १६:२१

बुटवल । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरी चोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् ।

बुधवार बिहान १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेम कुमालले आफ्नै बुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबु–छोराबीच झगडा भएको थियो ।

सो क्रममा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले निराजनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।