बागमतीका मुख्यमन्त्रीले साउन ६ गते विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ असार ३१, सोमबार १५:४८
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वासको मत लिन बागमती प्रदेश संसद् सचिवालयमा लिखित पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रकृयाको लागि साउन ६ गते अपराह्न १ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

नेकपा एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीले असार २४ गते सामूहिक राजिनामा दिएपछि जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेका छन् ।

मौजुद्धा मन्त्रिपरिषदमा हाल नेकपा माओवादीको तर्फबाट ४ जना, नेकपा एकीकृत समाजवादीको तर्फबाट ३ जना र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री छन् ।