अवैध सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । भन्सार छली गरेको अवैध सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई गएराति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदास रहेका छन् ।
एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियाबाट पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनको साथबाट ९९ ग्राम ४१ मिलिग्राम तौलको सुनको सिक्री १ थान, बाला २ थान, मोबाइल ४ थान र ल्यापटप ४ थान बरामद गरेको छ ।
