अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार १६:०७
सांकेतिक तस्बिर

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले लागूऔषध खैरो हेरोइन करिब ३ ग्रामसहित रामधुनी नगरपालिका–१ शान्ति टोल बस्ने २९ वर्षीय नरेश सरदारलाई शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल लौकहीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, प्रदेश नम्बर १–०२–०५३ प ९०१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।