सप्तकोसीको ५६ वटै ढोका खोलियो

तु खबर संवाददाता
२०८१ असार २३, आईतवार १०:२५
file-photo

विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसँगै ५६ वटै ढोका खोलिएको छ ।

सुनसरी प्रहरीका अनुसार, आज बिहान ९ः०० बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झण्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुल्ला गरिएको छ ।

सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ ।

पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।