कोशी ब्यारेजको १२ ढोका खुला
काठमाडौं । मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ ।
अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने –‘पानीको बहाव बढिरहेको छ तर खतराको अवस्था छैन । नदी किनार आसपासको क्षेत्रमा हामीले निरन्तर अवलोकन गरिरहेका छौँ । अहिलेसम्म कोशीले खतराको तह पार गरेको छैन् ।’
सप्तकोशीमा मिसिने एक प्रमुख नदी इन्द्रावतीमा आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र डुवानमा परेको छ भने ठूलो जनधनको क्षति भएको छ । साथै सिन्धुपाल्चोमा आएको बाढीपहिरोका कारण ७ जनाको मृत्यु भएको छ ।
