सभापति देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बस्ने गरी पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई बैठकमा बोलाएका हुन् ।
बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो ।
एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
