पहिरोले घर भत्किँदा बालकको मृत्यु
सुर्खेत । जाजरकोटमा आज बिहान पहिरोले घर भत्किँदा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको भेरी नगरपालिका–५, ईब्रा गाउँमा पहिरोले घर भत्किँदा स्थानीय ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो ।
यस्तै, पहिरोले घर भत्किँदा प्रिन्सका बुबा रमेश विक घाइते भएका छन् । ६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल रहेको जनाइएको छ ।
