फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरबाट सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु घर भएका ३९ वर्षीय लिलेन्द्र श्रेष्ठ ‘श्याम’ रहेका छन् ।
काठमाडौं जिल्ला अदालतले २०६२ भदौमा ११ महिना ५ दिन कैद फैसला गरेपछि श्रेष्ठ फरार रहेका उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
