माल्टा पठाउँछु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर ठगी गरेको आरोपमा शुक्रबार बिहान एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङका केशवराज जोशी रहेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार, वैदेशिक रोजगार विभागको उजुरीका आधारमा जोशीलाई पक्राउ गरिएको हो ।
जोशीले वैदेशिक रोजगारीमा माल्टा लगायतका देशमा पठाइदिने भन्दै रकम असुलेको बुझिएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
