लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार ७, शुक्रबार १५:५५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र चितवन जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको झापा गाउँपालिका–१ सालमारा झोलुङ्गे पुल बगानबाट अवैध लागूऔषध ब्राउनसुगर २० ग्राम ५ सय ५० मिलिग्रामसहित २ जनालाई बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका ४० वर्षीय जुलमात हुसेन र २० वर्षीय तोसिफ आमल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, चितवनको राप्ती नगरपालिका–५ शिखरडाँडास्थित चेपाङ मार्गबाट अवैध लागूऔषध गाँजा १५ किलो ३ सय ग्रामसहित गएराति एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–११ आपपानी बस्ने ४८ वर्षीय मन लामा तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।