श्रीमतीको हत्या, श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८१ असार २, आईतवार १६:१५

धनुषा । धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादव रहेका छन् ।

उनलाई आफ्नै ३६ वर्षीया श्रीमती रूबी यादवको हत्या गरेको आरोपमा शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।