जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ३०, बुधबार १७:०३

भोजपुर । भोजपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९, बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मगरले ती बालिकाको घर नजिकै रहेको गोठमा गत वैशाख ७ गते बेलुकी जबरजस्ती करणी गरेको र गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विशाल उपर ५ दिन म्याद थप अनुमति लिई उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।