लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २९, मंगलवार ०९:५०
सांकेतिक तस्बिर

मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१५ तीन नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ३८ मिलिग्रामसहित सुनसरी बराहक्षेत्र नगरपालिका–५ बस्ने २४ वर्षीय विबेक राईलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।