हेटौंडाबाट गाँजासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २८, सोमबार १६:१९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित गएराति एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई करिब १२ किलोग्रामसहित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको गाँजवासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।