हेटौंडाका बजगाईँसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार १६:३८

पर्सा । पर्साको वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषधसहित प्रहरीले शुक्रबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राभेट ९० ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवनको भरतपुर महानगरपालिका–७ बस्ने २० वर्षीय सरोज परियार र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ बस्ने २० वर्षीय अनिष बजगाईँ रहेका छन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।