ज्यान सम्बन्धी कसूरका फरार व्यक्ति पक्राउ
काठमाडौं । ज्यान सम्बन्धी कसूरका फरार एक पुरुषलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–५ हाँडीगाउँ बस्ने दोलखा भिमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरे रहेका छन् ।
फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका–५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, दोलखा भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्वकर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा घिमिरे संलग्न रहेको खुल्न आएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
