बिष्फोटक पदार्थसहित दुई जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ जेष्ठ २२, मंगलवार १७:१५
file-photo

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ सभाखोलास्थित सडकबाट विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारूद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा रहनेमा खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय बिकाश कुमाल रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बिष्फोटक पदार्थसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।