लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–६ सम्झनाचोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना किशोर पक्राउ परेका छन् ।
आइतबार दिउँसो ६ सय २० मिलिग्रामसहित कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
