५ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १६:५६
सांकेतिक तस्वीर

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, दाङ, बाँके, सिरहा, कपिलवस्तु र रुपन्देही जिल्लाको विभिन्न स्थानबाट उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

दाङको घोराही उपमहानगरपालिका–८ बेलुवा बस्ने ५० वर्षीया प्यारी चौधरी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–४ स्थित पञ्चकन्या होटलमा एक पुरुषको शव फेला परेको छ । उक्त शव कैलालीको टिकापुर नगरपालिका–१ का ५७ वर्षीय मिनराज गिरीको रहेको जनाइएको छ ।

यसैगरी, सिरहाको लहान नगरपालिका–३ कटहा मुसहरीस्थित आँपको बगैंचामा एक जना मृत अवस्थामा भेटिएका छन् । भगवानपुर गाउँपालिका–३ ईनर्वा बस्ने २६ वर्षीय जितेन्द्र खत्वे मण्डल मृत अवस्थामा भेटिएका हुन् ।

यस्तै, कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुरस्थित नेपाल भारत सिमाना नजिकै छाप्रोमा अन्दाजी ५५ वर्षीय पुरूष र बुद्धभूमी नगरपालिका–१ कपासे कडेलटोलस्थित बाटोमा अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शिव चोकस्थित प्रतिक्षालयमा अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।