कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष लामा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १८, शुक्रबार १४:३५

काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलील पक्राउ गरेको हो । उनी पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् ।

प्रहरीका अनुसार, लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ ।

कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।