नेप्सेको उत्साह कायमै
काठमाडौं । आज नेप्से परिसूचकको उत्साह कायमै रहेको छ ।
साताको सुरु दिन देखिनै उकालो लागेको सेयर बजार परिसूचक नेप्से आज तेस्रो दिन पनि बढेको छ ।
आज नेप्से सूचक २३ दशमलव ९४ अंकले बढ्दै २१ सय १५ अंकमा उक्लिएको हो ।
यसदिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार डेभलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक बाहेक अन्य ११ वटा उपसूचक धनात्मक भएका छन् ।



